Tuesday, September 06, 2005
काट्टोमा पाएको श्रीपेच बिक्रीमा UWB
तीर्थ न्यौपाने
राजा वीरेन्द्रको काट्टो खाएका ब्राह्मण दुर्गाप्रसाद सापकोटाले चर्को आर्थिक संकटलाई थाम्न नसकेपछि त्यतिबेला उनलाई दिइएको ‘प्रतिलिपी श्रीपेच’ बेच्ने भएका छन । उनले ‘नक्कली’ श्रीपेचसहित राजा वीरेन्द्रले ब्रतबन्धमा लगाएको पहेंलो कपडा, कोट, जुत्ता, चस्मा र खुकुरी पाएका थिए । उतिबेला दरबार र तत्कालीनसँग भएको मौखिक सहमतिअनुसार रकम नपाएको र काट्टो खाएपछि आफ्नो जजमानीमा असर परेकाले पारिवारीक गर्जो र्टार्न श्रीपेच बेच्न लागेको सापकोटाले बताउछन् ।
श्रीपेचको अगाडिको भागमा चाँदी, माथिल्लो भागमा सुनसहित बहुमूल्य धातु र मयूरको प्वाँखले बनेको छ । ‘बिदेशबाट बनाएर ल्याएको हो भन्थे, डेढ/दुइ लाख त पर्छ होला’ उनले भने- ‘किन्ने कोही छन् भने खबर गरिदिनुहोस है बाबु ।’
काट्टो खाने बेलामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र दरबारका कर्मचारीले सापकोटालाई घरजग्गाको व्यवस्थासहित हात्तीबापत १० लाख रुपैयाँ दिने आश्वासन दिएका थिए । तर उनले १९ हजार मात्र पाएको बताए । हात्तीबापत १० हजार, घर किन्नलाई पाँच हजार, जग्गाका लागि २ हजार ५ सय, घोडाबापत एक हजार र दासत्तीका लागि ५ सय रुपैयाँ दिएको उनले सुनाए । ‘काट्टोको दान मैले पाइनँ, उनैले (आश्वासन दिनेहरुले) खाए,’ सापकोटाले भने- ‘मलाई झुक्याए ।’
काट्टो खाए पनि उनले परम्परा अनुसार चार भञ्ज्याङ चाहि काट्नु परेको छैन । भनौं उनले काटेका छैनन् । सापकोटाको पुखौली थलो काभ्रेको पाँचखाल हो । उनी अहिले श्रीमति, तीन छोरा नातीनातिनी सहित तिलगंगामा बसेका छन । त्यहाँ उनको सानो घर छ । त्यो घर सापकोटाले काट्टो खानु अगावै जोड्का हुन । सापकोटाले काट्टो खानु अघि सम्म पुरेत्याइँ गरेर घर्रखर्च जुटाउँदै आएका थिए । काट्टो खाएपछि त्यो पेसा छोड्नुपरेको छ । उनी भन्छन- ‘५०-६० घर जजमानी थियो, काट्टो खाएपछि बिटुलो ठानेर बोलाउन छोडे ।’
८० वर्षीय सापकोटा अहिले पशुपतितिर टोलाएर दिन काटने गर्छन् । काट्टो खाएपछि टोल छिमेकीले समेत घृणाको दृष्टिले हेर्ने गरेको उनको गुनासो छ ।
सापकोटाले काट्टो खानुअघिसम्म उनकी श्रीमती होमकुमारीले ठमेलमा सामान्य होटल सञ्चालन गर्दै आएकी थिइन् । श्रीमान्ले काट्टो खाएपछि त्यो पनि बन्द गर्नुपरेको उनले बताइन् । ‘काट्टे होटेलमा के खानु ? भनेर ग्राहक आउनै छाडे,’ होमकुमारीले भनिन्- ‘नखानु चीज रहेछ, आइन्दा कसैले नखाओस् ।’